राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

0 Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटमा मुलुकको पछिल्लो अवस्था तथा सरकारका कामकारबाहीसँग सम्बन्धित विषयमा समेत कुराकानी भएको जनाइएको छ। यद्यपि, छलफलका विषयवस्तुबारे राष्ट्रपतिको स्वकीय सचिवालयले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।

सम्बन्धित समाचार