0
Shares
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आज अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
भेटमा दुवै मन्त्रीले नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ । उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए ।