परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

0 Shares

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनःर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ ।

उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनःर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो । भेटघाटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार