घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।

सम्बन्धित समाचार