0
Shares
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले सातामा दुई दिन बिदा र पाँच दिन मात्र कार्यालय सञ्चालन गर्ने व्यवस्थाले सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै पुनरवलोकन गर्न माग गरेका छन् ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले दिनमा एक घण्टा कार्यालय समय बढाए पनि सेवा प्रवाहमा सुधार नआएको तथा कर्मचारीको जीवनयापनमा समस्या भएको गुनासो आएकाले विद्यमान व्यवस्थाको पुनरवलोकन गर्न माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा)ले भोटेकोशी बाढीलाई जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा जोड दिइन् ।