काठमाडौँ । एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगर नगरपालिका–१२, एयरपोर्ट चोकमा स्थापना गरिएको एक्सपेरियन्स सेन्टर सोमबारदेखि सञ्चालनमा आएको हो।
नयाँ एक्सपेरियन्स सेन्टरमार्फत सुर्खेतसँगै कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, तिनमा प्रयोग भएका प्रविधि, उत्पादनसम्बन्धी जानकारी, परीक्षण सवारी तथा बिक्रीपछिको सेवाबारे स्थानीयस्तरमै जानकारी र सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
सुर्खेतमा आयोजित उद्घाटन कार्यक्रममा स्वर्णिम बिजनेस कन्सर्नका अध्यक्ष सोमराज थापाको अध्यक्षता रहेको थियो। कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा तत्कालीन कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष लक्ष्मण कँडेल, संघका पूर्ववरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतलगायत उद्योगी, व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एथरका ब्रान्ड डेभलपमेन्ट म्यानेजर सलमान खानले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सैयद अन्वर अलीले गरेका थिए ।
नयाँ सेन्टरमा एथरका ४५० सिरिज र रिज्टा सिरिजका विद्युतीय स्कुटरबारे जानकारी लिन तथा परीक्षण सवारी गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार ४५० सिरिजमा कार्यसम्पादन, प्रविधि र दैनिक प्रयोगको व्यावहारिकतालाई प्राथमिकता दिइएको छ। यसका पछिल्ला मोडलमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भोइस इन्टरयाक्सन’ जस्ता सुविधा समावेश छन्।