चाबहिल–बौद्धमा ट्रायम्फको नयाँ शोरुम, एकै हप्तामा देशभर चारवटा ‘3S’ शोरुम विस्तार

0 Shares

काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फ (Triumph) ले काठमाडौं उपत्यकामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै चाबहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमले चाबहिल, बौद्ध तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीलाई ट्रायम्फको अनुभवसँगै बिक्री तथा सेवा सुविधा उपलब्ध गराउने भएको छ।

चाबहिल–बौद्ध सडकमा रहेको नयाँ शोरुम अत्याधुनिक तथा सुविधासम्पन्न ‘3S’ (Sales, Service, Spares) अवधारणामा स्थापना गरिएको हो। शोरुमबाट ट्रायम्फका मोटरसाइकल बिक्रीसँगै आधिकारिक सर्भिस र ओरिजिनल स्पेयर पार्ट्ससमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

ट्रायम्फ नेपालका आधिकारिक डिलर जेन पाल गियर्स (Gen Pal Gears) को सहकार्यमा सञ्चालनमा ल्याइएको नयाँ शोरुममा ट्रायम्फका 3S सुविधासहितका मोटरसाइकल, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध हुनेछन्। ग्राहकले मोटरसाइकल खरिदका साथै दक्ष प्राविधिकमार्फत आधिकारिक मर्मत सेवा लिन सक्नेछन्।

कम्पनीका अनुसार नयाँ शोरुमले काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा तथा मर्मतका लागि टाढा जानुपर्ने बाध्यता कम गर्नेछ। यसले ग्राहकलाई थप सहज र छिटो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

चाबहिल–बौद्ध शोरुमको सुरुवातसँगै ट्रायम्फ नेपालले एकै हप्तामा देशभर चारवटा नयाँ ‘3S’ शोरुम विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार काठमाडौं, धनगढी, दाङ, हेटौंडा र चाबहिल–बौद्ध क्षेत्रमार्फत आफ्नो नेटवर्क विस्तार गर्ने क्रम अघि बढाइएको छ।

मिड–प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै हप्तामा चारवटा पूर्ण सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याउनु ट्रायम्फ नेपालको रणनीतिक विस्तारको महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ। यस विस्तारले नेपालमा ट्रायम्फको पहुँच अझ फराकिलो बनाउँदै ग्राहकलाई बिक्री, सर्भिस र स्पेयर पार्ट्सको सुविधा सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले काठमाडौं उपत्यकाका राइडरका लागि चाबहिल–बौद्ध शोरुमको उद्घाटन महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार एकै हप्तामा चारवटा पूर्ण 3S शोरुम थपिनुले देशभर ट्रायम्फ समुदायलाई थप बलियो बनाउनेछ।

उनले भने, “काठमाडौं उपत्यकाका राइडरहरूका लागि ट्रायम्फको सेवा लिन अझ सहज बनाएका छौं। आधिकारिक डिलर सञ्जालमार्फत बिक्री, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्सको पहुँच विस्तार गर्नु हाम्रो प्राथमिकता हो।”

नयाँ शोरुम विस्तारसँगै ट्रायम्फले विभिन्न क्षेत्रमा आफ्नो नेटवर्कलाई थप मजबुत बनाएको छ। धनगढीले सुदूरपश्चिम, दाङले लुम्बिनी प्रदेश, हेटौंडाले मुख्य राजमार्ग क्षेत्र र चाबहिल–बौद्धले काठमाडौं उपत्यकामा ट्रायम्फको सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस विस्तारले ट्रायम्फको बाइकिङ समुदायलाई समेत थप नजिक ल्याउनेछ। पुराना तथा नयाँ मोटरसाइकलप्रेमीलाई ब्रान्डसँग जोडिन र आधिकारिक सेवा लिन थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

एकै हप्तामा चारवटा नयाँ 3S शोरुम थपिएसँगै ट्रायम्फ नेपालले आफ्नो व्यावसायिक यात्रामा नयाँ अध्याय सुरु गरेको जनाएको छ। कम्पनीले भौतिक उपस्थितिसँगै ग्राहकलाई दीर्घकालीन सेवा दिने बलियो आधार तयार भएको दाबी गरेको छ।

सम्बन्धित समाचार