आफैँले चलाएको बसमा चालकले लगाए आगो, ट्राफिकसँग विवाद भएको आशंका

0 Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५ ख ४२७४ नम्बरको बसका चालक २५ वर्षीय दावा लामाले आगो लगाएका हुन् ।

प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जनाएको छ । यात्रुहरू नभएको अवस्थामा चालक लामा गाडीभित्रै बसेर आगो लगाएपछि बसमा आगलागी भएको थियो । लगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो ।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालकलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

चालकले ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार