प्रभु बैंकले ल्यायो प्रवासी नेपालीलाई ३ करोडसम्मको घर कर्जा

0 Shares

काठमाडौं । प्रभु बैंकले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

प्रवासी नेपालीबाट बैंकिङ प्रणालीमा आउने विप्रेषणलाई थप प्रभावकारी रूपमा परिचालन गर्दै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना ल्याइएको बैंकको भनाइ छ । योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ। त्यस्तै, ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ।

यो सुविधा देशभरका ३०० शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा लिन सकिनेछ । यसै योजनाअन्तर्गत बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शैक्षिक कर्जा सुविधा पनि उपलब्ध गराइएको छ। यस्तो कर्जामा औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदर कायम गरिएको छ भने कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट दिइएको बैंकले जनाएको छ।

त्यस्तै, योजनामा सहभागी ग्राहकलाई पहिलो वर्ष डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै विप्रेषण कारोबारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। विप्रेषणमार्फत प्राप्त रकमलाई बैंकिङ प्रणालीमा परिचालन गरी निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न पहल गर्दै आएको बैंकको भनाइ छ।

नेपालको अर्थतन्त्रमा विप्रेषणले विदेशी मुद्रा आर्जन, घरपरिवारको आय तथा बैंकिङ प्रणालीमा तरलता अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्दै आएको छ। यही विप्रेषणलाई औपचारिक बैंकिङ प्रणालीमार्फत थप प्रभावकारी रूपमा परिचालन गर्दै प्रवासी नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने लक्ष्य योजनाले राखेको छ ।

सम्बन्धित समाचार