अर्थ मन्त्रालयले भन्योः विद्युत महसुलमा भ्याट छुटबारे छलफल भएको छैन

0 Shares

काठमाडौं । अर्थ मन्त्रालयले विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमतिबारे चासो देखाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचार प्रसारप्रति अर्थमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको हो ।

अर्थ मन्त्रालयको सचिवालका अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल नगरेको स्पष्ट पारेको छ ।

विद्युतबारे अर्थमन्त्रीले प्रतिनिधि र राष्ट्रिय सभा बैठकमा राखेको धारणाअनुसार नै यस विषयमा थप सहजीकरण र उपभोक्तालाई राहत दिने सन्दर्भमा मातहतका निकायबाट छलफल भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार