कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माण सम्बन्धी मार्गदर्शन

0 Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, दमकमा, विद्यालयको सर्बोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत “प्रेरक व्यक्तित्वसँग बालबालिका” कार्यक्रममा, कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको मार्गदर्शन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीहरूसँग जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीको सामना गर्ने तरिकाबारे प्रस्तुती गरेको थियो । उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार रहेको बताए । त्यसै गरी, बैंकका ब्रान्डिङ/सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा तथा उचित मार्गदर्शनका विषयमा प्रकाश पारेको थियो । उनले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्न, त्यसलाई चरणबद्ध योजनामा रूपान्तरण गर्न तथा निरन्तर सिकाई र आत्ममूल्याङ्कन मार्फत लक्ष्य तर्फ अघि बढ्न प्रेरित गरे ।

कार्यक्रममा विद्यार्थीहरूसँग वित्तीय साक्षरता, बचत तथा लगानी सम्बन्धी आधारभूत ज्ञान, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारका विषयमा पनि व्यवहारिक उदाहरणसहित छलफल गरिएको थियो । विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने विषयमा जोड दिइएको थियो । यसैगरी, विद्यार्थीको व्यक्तिगत तथा व्यावसायिक विकासमा मार्गदर्शक र विद्यार्थीबीचको सम्बन्ध तथा सही मार्गदर्शनको महत्वबारे पनि चर्चा गरिएको थियो ।

अनुभवी र विश्वासिलो व्यक्तिबाट समयमै मार्गदर्शन लिने, प्रश्न गर्ने, सुझाव ग्रहण गर्ने तथा सिकाईलाई व्यवहारमा उतार्ने अभ्यासले सही निर्णय लिन र आफ्नो लक्ष्यतर्फ अघि बढ्न सहयोग पुर्‍याउने विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअर सम्बन्धी सोच वक्ताहरूसँग छलफल गरेका थिए । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै वित्तीय सचेतना, व्यवहारिक जीवन, सीप तथा भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याउने बैंकले अपेक्षा गरेको छ ।

कामना सेवा विकास बैंकले वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्बन्धी विभिन्न पहल मार्फत विद्यार्थी युवा तथा समुदायमा वित्तीय चेतना, जिम्मेवार आर्थिक व्यवहार र जीवन उपयोगी सीपको विकासलाई निरन्तर प्रवद्र्धन गर्दै आएको छ ।

सम्बन्धित समाचार