सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

0 Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८२/८३ को चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) तथा अग्राधिकार शेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ।

सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन भएको छ। सो अवधिसम्म बैंकको कुल सम्पत्ति २ खर्ब २१ अर्ब २१ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ र खुद कर्जा सापटी २ खर्ब ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप १०.५८ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

सम्बन्धित समाचार