भेस्पा र अप्रिलियाको नयाँ शोरुम धनगढीमा खुल्यो

0 Shares

काठमाडौं । नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ । भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरूप धनगढीमा नयाँ शोरुम खोलेको बताए । उनले यस शोरुमबाट अबको दिनमा अन्य शोरुमबाट झैँ सेवा, सुविधा प्रदान गर्ने जानकारी दिए ।

उनका अनुसार कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको छ । धनगढी उप महानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपालबाट अब नाडामा हालसालै लञ्च भएको नेपालकै पहिलो १७५ सिसीको नयाँ अप्रिलिया र भेस्पाको आकर्षक लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलर सहितका स्कुटर खरिद गर्न सकिने भएको छ ।

सम्बन्धित समाचार