0
Shares
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले उनलाई पक्राउ गरेको हो ।
प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही जानकारी दिएको छैन ।
प्रसाईं पटक(पटक पक्राउ पर्दै छुट्दै आएका उनी अधिकांशजसो साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् । यस पटक उनी रास्वपा सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।