सुनचाँदीकै मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार