२ दिनमा ३७ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

0 Shares

काठमाडौं । २ दिनमा ३ हजार ७ सय घटेको सुनको भाउ आज केही बढेको छ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेर २ लाख ९९ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बिहीबार तोलमा ३ हजार २ सय घटेको सुनको मूल्य शुक्रबार पनि तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सयमा झरेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ६ सय ५५ पुगेको छ। शुक्रबार चाँदीको भाउ ४ हजार ६ सय २० रुपैयाँ थियो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

सम्बन्धित समाचार