पर्वतमा बाढीका कारण बगे पाँच घर

0 Shares

गण्डकी । काली गण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका ८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ । त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।

गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ ।

सम्बन्धित समाचार