पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध

0 Shares

चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ-मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ ।

पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

सम्बन्धित समाचार