नारायणी नदीमा बाढीले पार गर्यो खतराको तह

0 Shares

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षापछि आइतबार बिहान नारायणी नदीमा जलसतह बढेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार अहिले नदीमा पानीको सतह ११ मिटर काटेको छ ।

नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता र ९ मिटरलाई खतराको तह मानिन्छ । राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आज बिहान एक सूचना जारी गरी नारायणी नदीले खतराको तह पार गरेको जानकारी दिएको हो ।

नारायणी नदीमा आएको यस वर्षको सबैभन्दा ठूलो बाढी । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रकाअनुसार अहिले नदीमा पानीको सतह ११ मिटर काटेको छ । नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता र ९ मिटरलाई खतराको तह मानिन्छ । तस्बिरः टेकराज पोखरेल/रासस

बाढीका कारण चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम जिल्लालगायत उक्त नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले सुझाव दिएको छ ।

सम्बन्धित समाचार