0
Shares
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ ।
संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन् ।
यसअघि असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो । चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिएकाले बैठक हो ।