0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् ।
अर्थमन्त्रीसमेत रहेका वाग्ले निर्विरोध भए पनि अरू पदाधिकारीको निर्वाचन भइरहेको छ । सभापतिमा रवि लामिछाने यसअघि निर्विरोध भइसकेका थिए । यस्तै, वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) निर्विरोध भएका थिए ।
केही असन्तुष्टिबीच बिहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशन आज छटौँ दिनसम्म चलिरहेको छ ।