निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त

0 Shares

काठमाडौं । मोरङको विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाबमोजिम नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

विराटनगर महानगर १२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकलले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत औषधि उत्पादन गर्दै आएको छ ।

सम्बन्धित समाचार