साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, कारोबार रकम पनि बढ्यो

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.८५ अंक बढेको छ । योसँगै नेप्से २६४७ अंकमा कायम भएको छ ।

आज कारोबार रकमसमेत बढेको छ। अघिल्लो दिन ५ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७४ करोडको भएको हो ।

आज १९६ कम्पनीको मूल्य बढ्दा ७४ को घटेको छ । यसैगरी ९ कम्पनीको स्थिर रह्यो । स्नो रिभर्सको मूल्य १३.६६, इनिफिनिटी लघुवित्तको ९८१ प्रतिशतले बढ्दा मैलुङखोला जलविद्युतको ८.८४ प्रतिशत मूल्य बढ्यो ।

यससको विपरीत हाथवे इन्भेस्टमेन्टको १५, धौलागिरी लघुवित्तको ५.१३, मातृभूमि लघुवित्तको २.६४ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहे ।

सम्बन्धित समाचार