कर्णाली प्रदेशमा सिटिजन्स बैंकको ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू’ सेमिनार अन सम्पन्न

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ सेमिनार अन ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू-कर्णाली प्रोभिन्स २०८३/८४’ कार्यक्रम आयोजना गरेको छ ।

यस सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृतलगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थिति थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया भएकोे छ ।

कर्णाली प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको ११ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’, मधेश प्रदेशमा ‘ड्राइभिङ हाई-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ र सुदूरपश्चिम प्रदेशमा “सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु- सुदूरपश्चिम प्रोभिन्स (२०८३र८४)’ कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसैको निरन्तरता स्वरूप कर्णाली प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरु प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिने छ । बैंकको गत आर्थिक वर्षमा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ । साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख पुगेको छ ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर’ २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन् नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने व्यवस्थाा ल्याएको छ ।

सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटिएम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार