दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, साढे ५ अर्बको कारोबार

0 Shares

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ११.९३ अंकले बढेर २ हजार ६ सय २४.३६ को बिन्दुमा आएको छ । बिहीबार कारोबारमा आएकामध्ये १ सय ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ । बिहीबार ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । बुधबार ५ अर्ब ३८ करोड ९५ लाख ७० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबार सबैभन्दा धेरै कमाउनेमा धौलागिरी लघुवित्तका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य १२.४३ प्रतिशतले बढेर १ हजार २ सय ४८ रुपैयाँ पुगेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा हाथवे इनभेष्टमेन्टका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य २.९७ प्रतिशतले घटेर ५ सय ८८ रुपैयाँमा आएको छ ।

सम्बन्धित समाचार