सुनको मूल्य तोलामा तीन लाखमुनि, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । सुनको मूल्यमा पुनः तोलाको तीन लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको मूल्य कामय गरेसँगै नयाँ मूल्य तीन लाखमुनि झरेको हो।

बिहीबारका सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार