करदाता प्रोत्साहन उपहार कार्यक्रममा आज ३३ जना विजेता छनोट हुँदै

0 Shares

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुने भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो ।

भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही एक लाख पाउने छन् । साथै २ जना बम्पर उपहार पाउनेले जनही १० लाख पाउने छन् ।

सम्बन्धित समाचार