0
Shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सोमबार सेयर कारोबार बन्द हुने जनाएको छ । नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा आइतबार बिहानैदेखि देखिएको समस्या समाधान नभएको भन्दै नियमित कारोबार नहुने उल्लेख गरेको हो ।
साथै, समाधानको पहल भइरहे पनि हालसम्म समाधान हुन नसकेकाले यथास्थितिमा कारोबार सञ्चालन गर्न नसकिने नेप्सेले जनाएको छ ।
आजको कारोबार स्थगनका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि निवेदन दिएकोले नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको कारोबार स्थगित गरिएको हो ।
नेप्सेले यसबाट पर्न गएको असुविधाप्रति माफी मागेको छ ।