कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

0 Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द«नगर शाखा कार्यालयमार्फत बेदकोट नगरपालिका ८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको महेन्द«नगर शाखा प्रमुख कृष्ण सिंह भाटले बेदकोट ८ का वडाध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष जोशीले सामुदायिक िवद्यालयमा अधिकांश कमजोर तथा आर्थिक अवस्थाका विद्यार्र्थी हुने भएकाले बैंकको शैक्षिक सामागी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका महेन्द«नगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेशनरी सामाग्रीले समुन्नत समाज विकासका लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा बैंकका कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो । योसँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित समाचार