0
Shares
काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिसासँग ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता गरेको छ ।
सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशबाट आफ्नो बैंक खातामा रकम प्राप्त गर्न थप सहज विकल्प पाउने बैंकले जनाएको छ । भिसाको यो प्रविधि प्रयोग गरी ग्राहकले सुरक्षित र भरपर्दो रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।
भिसा डाइरेक्ट टु अकाउन्ट सेवा विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको बैंकले जनाएको छ । यस सेवाले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।