0
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने भएको हो ।
त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।
यस्तै, साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।