छैटौं दिन पनि सकिएन रास्वपाको महाधिवेशन, आजदेखि खाना नखुवाउने

0 Shares

चितवन । असार ७ देखि ९ गतेसम्म सम्पन्न गर्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आज छटौँ दिनसम्म चल्ने भएको छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

असार ७ गतेदेखि चितवनमा रास्वपाको पहिलो महाधिवेशन उद्घाटन भएको थियो । प्रतिनिधि चयनमा विवाद र केन्द्रीय सदस्य तथा पदाधिकारी चयन ढिलाइ हुँदा महाधिवेशन आजसम्म जारी भएको हो ।

महाधिवेशन लम्बिएर खर्च व्यवस्थापनमा कठिनाइ भएपछि आजदेखि व्यवस्थापनले खाना नखुवाउने भएको छ । हिजो राति व्यवस्थापनले बिहानको चिया मात्र व्यवस्था गर्ने जानकारी दिएको थियो ।

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् । उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध हुँदा अरू पदाधिकारीको निर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार