रास्वपा महिला उपसभापतिमा सोवितासँग तोसिमा भिड्ने, महामन्त्रीमा क-कसले दिए उम्मेदवारी?

0 Shares

चितवन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदै छ । पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की भिड्ने भएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीले महिला उपसभापतिमा उम्मेदवारी दिएका हुन् । यस्तै, कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमारले उम्मेदवारी दिएका छन् ।

यस्तै, सहमहामन्त्रीमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्रीले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री महिलातर्फ जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा छन् ।

पार्टीको सभापतिमा रवि लामिछाने, वरिठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) र पुरुषतर्फको उपसभापतिमा अर्थमन्त्रीसमेत रहेका डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् । योबाहेक आज पाँच पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।

सम्बन्धित समाचार