0
Shares
काठमाडौं । चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले तीन खेलअगावै स्पेनिस ला लिगाको उपाधि उचालेको छ।
गएराति क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा रियललाई २–० गोलअन्तरले हराउँदै बार्सिलोनाले लालिगा उपाधि जितेको हो। बार्सिलोनालाई उपाधि दिलाउन मार्कस रासफोर्ड र फेरान टोरेसले एकएक गोल गरे।
खेलको नवौँ मिनेटमा रासफोर्डको फ्रिकीक गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। १८ औँ मिनेटमा फेरान टोरेसले डानी ओल्मोको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएपछि बार्सिलोनाले २९ औँ ला लिगा उपाधि जितेको हो।
ला लिगाको अंक तालिकामा बार्सिलोनाले ३५ खेलमध्य ३० खेलमा जित, १ खेलमा बराबरी र ४ खेलमा हार भोग्दै ९१ अंक बनाएको छ। समान खेलबाट रियलले भने २४ खेलमा जित, ५ खेलमा बराबरी र ६ खेलमा हार भोग्दै ७७ अंकमा दोस्रो स्थानमा रह्यो।