सुनसरी घटना संवेदनसिल बन्दै गएपछि रबिले बोलाए सर्वदलीय बैठक

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सुनसरी घटनालगायतका विषयमा छलफल गर्न सभापति लामिछानेले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा हुने छ । छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ।

रास्वपा महामन्त्री विपिन आचार्यले भने, ‘अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं।’

सम्बन्धित समाचार