कैलालीको लम्की खानेपानी संस्थाको ८ औं साधरण सभा सम्पन्न

0 Shares

काठमाडौं । लम्की सानासहरी खानपानी संस्था को ८औँ वार्षिक चुनावी साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष तेज बहादुर चलाउने ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कमल बहादुर शाह उपस्थित हुनुभएको थियो। कार्यक्रममा सुनिता शाही, राष्ट्रिय सानासहरी खानेपानी महासंघ का अध्यक्ष खेमराज ओली तथा नगर विकास कोषका खानेपानी आयोजना प्रमुख सुबास पन्थ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा खानेपानीको अवस्थाबारे धारणा राखेका थिए । नगर प्रमुख सुनिता शाहीले खानेपानीलाई नगरपालिकाको प्राथमिकतामा राखिएको र आगामी बजेट विनियोजनमा समेत समेटिएको बताए ।

त्यसैगरी, राष्ट्रिय सानासहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी क्षेत्रमा लगाइएको कर, विद्युत् महसुलमा छुट तथा ब्याजदर घटाउनुपर्ने विषयमा जोड दिँदै खानेपानी ऐन तथा नियमावलीप्रति कडा आपत्ति जनाए । नगर विकास कोषका आयोजना प्रमुख सुबास पन्थले खानेपानी क्षेत्रमा नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको जानकारी दिए ।

सम्बन्धित समाचार