0
Shares
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)को अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता भाँडिएसँगै उनेपाले कुलमानलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा उनेपाको अध्यक्ष अनुप उपाध्याय थिए । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बसेर थप निर्णय गर्ने भएको छ ।
यसअघि कुलमान खुला राजनीतिमा लाग्ने भन्दै ऊर्जा मन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।