0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भाँडिएको छ ।
शनिबारसम्म भएको दुई पक्षीय बीचको प्रयास असफल भएपछि एकता टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिए ।
कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा स्रोतले जानकारी दियो ।
‘वरिष्ठ उपसभापति माग भयो। पूर्वसहमति बाट पछि हटेर पार्टीको नाम पनि परीवर्तनको प्रस्ताव आयो। महामन्त्री पनि हुनुपर्यो भन्ने प्रस्ताव आयो । यसमा सहमति नभएपछि एकता भंग भयो’ ती नेताले भने।