रास्वपाबाट बाहिरियो कुलमान संरक्षित उनेपा

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता गर्ने सहमति भंग भएको छ ।

शनिबारसम्म भएको दुई पक्षीय सहमतिको प्रयास असफल भएसँगै कुलमान घिसिङ संरक्षित दल उनेपा रास्वपाबाट बाहिरिएको हो ।

उनेपाले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता हुन नसकेको एक नेताले जानकारी दिए ।

यसअघि दुई दलबीच एकता गर्ने सहमतिअनुसार कुलमानलाई रास्वपाको वरिष्ठ उपसभापतिको पद दिइएको थियो । अन्तिम अवस्थामा पार्टीको नाम फेर्नुपर्ने उनेपाको माग रहँदै आएको थियो ।

पूर्ण रुपमा पार्टी राजनीतिमा लाग्दै भन्दै कुलमानले ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका थिए । यसबीच रास्वपा सभापति रवि लामिछाने र कुलमाबीच पटकपटक छलफल हुँदै आएको थियो ।

सम्बन्धित समाचार