सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य बढ्यो

0 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँ घटेको छ ।

सोमबार तोलामा दुई लाख ६० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा तीन हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तीन हजार ८८५ रुपैयाँ कायम भएको हो ।

सम्बन्धित समाचार