एनपिएलः चितवन टस जितेर बलिङ गर्दै, प्लेअफ सम्भावना जिवितै राख्न जित्नै पर्ने दबाब

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् । प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाब छ। यो खेल सुदूरपश्चिमले जितेमा भने विराटनगर किंग्सको प्लेअफ सुरक्षित हुनेछ।

विराटनगरको अहिले आठ अंक छ। सुदूरपश्चिम १० अंकसहित शीर्षस्थानमा छ। त्यस्तै, चितवनको चार अंक मात्रै छ।

चितवनले दुई खेलाडी परिवर्तन गरेको छ। सौगात ढकालको स्थानमा रिजन ढकाल आएका छन्। यस्तै सोहेल तन्विरको स्थानमा जर्ज स्कृमशा छन्।

यस्तै सुदूरपश्चिममा पनि तीन परिवर्तन गरिएको छ। हेमन्त धामी, मिलन बोहरा र क्रिस बाउन टोलीमा छैनन्। आज दिपक बोहरा, हिक्मत महरा र पुनित मेहरा टिममा छन्।

सम्बन्धित समाचार