0
Shares
काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘आफूलाई तत्काल प्रहरी महानिरीक्षकमा पुनर्बहाली गरियोस्’ भन्ने रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि अन्तिम सुनुवाइमा मूल विषयवस्तुबारे निर्णय हुने भनी अन्तरिम आदेश जारी नगरेको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै तत्कालका लागि आईजीपी मनोज केसीलाई काम गर्ने बाटो खुला भएको छ ।
