टौँडाको होटलमा आगलागी हुँदा २ जना घाइते

0 Shares

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्लेचोक नजिकै रहेको ‘द डोर होटल’मा आगलागी हुँदा दुई जना घाइते भएका छन्।

आगो निभाउने क्रममा होटल सञ्चालक र दमकलका एक कर्मचारीको हात जलेको प्रहरीले जनाएको छ।

मंगलबार (हिजो) राति करिब ११ः३० बजे होटलको भान्सा र हलमा आगलागी भएको थियो।

आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी ३५ वर्षीय नवीन नेपालको हात सामान्य जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। दुवैको स्थानीय मेडिकलमा उपचार गरिएको उनले बताए।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति १२ः२० बजे आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट होटलको भान्सा र हलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ। होटल सञ्चालकका अनुसार कोठासहित करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

आगलागीको यकिन कारण खुल्न नसकेको डीएसपी काफ्लेले बताए। विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट अन्य मानवीय क्षति भने भएको छैन।

सम्बन्धित समाचार