वैभव सूर्यवंशीको असाधारण ब्याटिङ– ५२ बलमा बनाए दोहोरो शतक, एकै म्याचमा २८ छक्का प्रहार

0 Shares

काठमाडौं । भारतीय युवा ओपनर वैभव सूर्यवंशीले यूएईविरुद्धको म्याचमा अविश्वसनीय ब्याटिङ गर्दै ५२ बलमै दोहोरो शतक प्रहार गरेका छन् । उनले २८ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

आफ्नो इनिङमा सूर्यवंशीले ६ रन मात्रै दौडिएर लिए । उनले सिंगल डबलमा रुची नै देखाएन् । पहिलो ओभरमै तीन छक्का प्रहार गरेर आक्रमण सुरु गरेका उनले त्यसपछि पछाडि फर्केर हेरेनन् । यूएईका बलरहरु उनीसामू निरिह देखिए ।

एसीसी राइजिङ स्टार्स कप अन्तरगत कतारमा जारी एक दिवसीय म्याचमा उनले भारत ‘ए’का लागि यस्तो ब्याटिङ गरेका हुन् । यूएइले पहिले ब्याटिङ गर्दै भारतलाई २५० रनको लक्ष्य दिएको थियो । सुर्यवंशीको आक्रमणमा उक्त लक्ष्य फुच्चे देखियो । २९ औं छक्का हान्ने प्रयासमा सुर्यवंशी आउट भए ।

उनले लिस्ट ‘ए’मा सर्वाधिक छिटो शतक र दोहोरो शतकको विश्व किर्तिमान राखेका छन् ।

सर्वाधिक छक्काको किर्तिमान पनि उनले आफ्नो नाममा गरे ।

सम्बन्धित समाचार