0
Shares
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६ सय ३८.९५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ११ कम्पनीको घटेको छ ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सोमबार ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलरका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य ५.०५ प्रतिशतले बढेर १ हजार ७९ रुपैयाँ ९० पैसा पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा मानुषी लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।