सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६२५ अंकमा झर्‍यो

0 Shares

काठमाडौं । साताको कारोबारका क्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको हो।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र परिसूचक दबाबमा परेको देखिन्छ।

बुधबारको कारोबारमा १९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको मूल्य बढेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

बुधबार सेयर बजारमा कुल ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ। यसक्रममा १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच भएका छन्।

दिनभर कुल ४१ हजार ६२७ वटा कारोबार भएका छन् भने ३४७ वटा कम्पनीका धितोपत्र कारोबारमा सहभागी भएका छन्।

बुधबारको कारोबार उल्लेख्य रुपमा कुनै पनि कम्पनीको मूल्य बढेन । सानिका लार्ज क्याप फन्डको ३.२६ प्रतिशत वृद्धि नै आज सर्वाधिक रह्यो । एभरेष्ट कलर लिमिटेड आज सर्वाधिक ६.८३ अंकले घट्यो ।

समूहगत रुपमा आज ट्रेडिङ समूह सबैभन्दा बढी २.४९ प्रतिशतले घट्यो । बैंकिङ र म्युचुअल फन्ड समूहमा भने आज सामान्य सुधार देखिएको छ ।

सम्बन्धित समाचार