0
Shares
काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्कचेञ्ज (नेप्से)मा पहिरो गएको छ। आज सेयर बजार ३२.६५ अंक घटेको हो। योसँगै आज नेप्से २६५७ अंकमा कायम भएको छ।
आज कारोबार रकमसमेत गिरावट भएको छ। अघिल्लो दिन ८ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ७ अर्ब १८ करोडको भएको छ।
आज जम्मा २१ कम्पनीको मूल्य बढ्दा २५२ को घट्यो। त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो। आज हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। झापा इनर्जीको मूल्य सबैभन्दा बढी ४.११ प्रतिशतले घट्यो।
कारोबारका आधारमा आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक र मकर जितुमाया सुरी हाइड्रोपावर अगाडि रहे।