काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, योजना व्यवस्थापक तथा डिपोजिटरी रही संचालनमा आईरहेको खुल्लामुखी म्युचुअल फण्ड योजना “शुभ लक्ष्मी कोष” को अधिकृत आकार रु. १ अर्बबाट वृद्धि गरी ३ अर्ब रुपैयाँ मात्र कायम गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०८३ असोज १९ गते स्वीकृति प्राप्त भएको छ ।
मिति २०८२ कार्तिक २५ मा शुभ लक्ष्मी कोषको आकार रु.५० करोडको रहेकोमा रु १ अर्बका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएकोमा एक वर्षको अन्तरालमा सो बुद्धि भए बमोजिमको रकम, करिव पूर्ण रुपमा ईकाइधनीहरुबाट संकलन भई बाँडफाँड गर्न कम्पनी सफल भएको छ ।
कोषको आकार रु.३ अर्ब कायम भए सँगै योजनाले थप लगानीकर्ताहरुलाई योजनामा सहभागी गराउन सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।
यसैगरी, शुभ लक्ष्मी कोषले ईकाइधनीहरुका लागि सिस्टमेटिक विथड्र प्लान सुविधा समेत सञ्चालनमा ल्याएको छ । यस सुबिधा मार्फत इकाईधनीहरूले आफ्नो लगानीबाट निर्धारित समय अन्तरालमा आफुलाई आवश्यक पर्ने रकम योजनाबद्ध तथा नियमित रूपमा झिक्न सक्नेछन् ।
विशेषगरी, लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताहरुका लागि यो सुबिधा उपयोगी हुने कम्पनीले जनाएकोे छ ।
नियमित रुपमा लगानी (एसआईपी) गर्न तथा आवश्यकता अनुसार योजनाबद्ध रुपमा रकम प्राप्त गर्न चाहने लगानीकर्ताहरुका लागि शुभ लक्ष्मी कोष आकर्षक लगानी विकल्पका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।