0
Shares
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक ३.६५ अंकले घटेर २ हजार ६ सय २६.१७ को बिन्दुमा आएको छ । हिजो सोमबार पनि नेप्से परिसूचक घटेको थियो । आज कारोबारमा आएकामध्ये १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको घटेको छ ।
मंगलबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ६२ करोड १८ लाख १४ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सोमबार ४ अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा युनिलिभरका लगानीकर्ताहरु रहेका छन् ।