उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

0 Shares

गोरखा । आज बिहानै चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका ५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।

हावाहुरीले धार्चे ५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उहाँको भनाइ छ ।

‘आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ,’ उनले भने, ‘बादल लागेको छैन, तर हावा चलिरहेकै छ ।’ हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।

सम्बन्धित समाचार